NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलागा तृतीया - १८

लाइसेन्स नविकरण

सवारीचालक अनुमतिपत्रको अवधि समाप्त भएको मितिले ९० दिन भित्र अनिवार्य नवीकरण गराइसक्नु पर्नेछ ।अवधि समाप्त भएको ९० दिन सम्म पनि नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्ष सम्म १००%, दुइ वर्षसम्म २००%, तीन वर्षमा ३००%, चार वर्षमा ४००% र पाँच वर्षमा ५००% प्रतिशत थप जरिवाना तिरि नविकरण गर्न सकिनेछ । जरिवाना तिरेर नविकरण गर्ने समय ५ वर्षसम्म पनि नविकरण नगराएको चालक अनुमतिपत्र स्वत रद्ध हुनेछ । सवारीचालक अनुमतिपत्र नविकरण गर्न सम्बन्धित कार्यालयमा सक्कल लाइसेन्स र सक्कल नागरिकता सहित सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ ।यस कार्यालयले नवीकरण दस्तुर वापतको राजश्व आइतबार देखि बिहीबार विहान १० बजे देखि अपरान्ह ४ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र संकलन गर्ने छ ।