NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलागा तृतीया - १८

परिचय

यातायात व्यवस्था कार्यालय,भक्तपुर, सवारीचालक अनुमतिपत्र सम्बन्धि कार्यको लागि वि.सं.२०७३ सालमा स्थापना भएको सरकारी निकाय हो ।यो कार्यालय हाल श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकार मातहत रहेको छ। कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यस्था नियमावली २०५४, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ र सवारी तथा यातायात व्यवस्था सम्बन्धित मापदण्ड, निर्देशिका, तथा कार्यविधिको अधिनमा रही नयाँ सवारीचालक अनुमतिपत्र जारी, सवारीचालक अनुमतिपत्र नविकरण, वर्ग थप, प्रतिलिपी, प्रमाणिकरण जस्ता सेवाहरु प्रवाह गर्दै आएको छ ।