NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलागा तृतीया - १८

वर्ग थप लाइसेन्स

तपाइ सँग कुनै एक वर्गको लाइसेन्स छ र त्यसमा अर्को वर्ग थप (Add Category) गर्न चाहानु हुन्छ भने https://applydlnew.dotm.gov.np/login गरि अनलाइन आवेदन मार्फत अफिस भिजिट डेट प्राप्त गर्न सकिने छ ।उक्त अफिस भिजिट डेटमा सम्बन्धित कार्यालयमा उपस्थित भइ बायोमेट्रिक गरि प्रयोगात्मक (Trial) परीक्षाको डेट लिन सकिने छ । कार्यालयमा बायोमेट्रिक दिन आउदा अनलाइन आवेदन फारम सँगै पुरानो सक्कल लाइसेन र सक्कल नागरिकता पनि अनिवार्यरुपमा ल्याउनु पर्नेछ ।कार्यालयले परीक्षा दस्तुर वापतको राजश्व आइतबार देखि बिहीबार विहान १० बजे देखि अपरान्ह ४ बजे र शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र संकलन गर्ने छ ।