वि.सं:
नेपाल संवत: ११४५ गुलागा तृतीया - १८
सवारीचालक अनुमतिपत्र हराएमा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयको ७ दिन ननाघेको सिफारिसपत्र सहित सुरुमा लाइसेन्स जारी गर्दाको कार्यालयमा सम्पर्क गर्नु पर्ने छ।लाइसेन्स प्रतिलिपिको लागि सक्कल नागरिकता, सम्बन्धित ट्राफिक प्रहरी कार्यालयको सिफारिसपत्र र सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ । यस कार्यालयले प्रतिलिपि दस्तुर वापतको राजश्व आइतबार देखि बिहीबार विहान १० बजे देखि अपरान्ह ४ बजे र शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र संकलन गर्ने छ ।