वि.सं:
नेपाल संवत: ११४५ गुलागा चतुर्थी - १९
नयाँ सवारीचालक अनुमतिपत्र लिनको लागि https://applydlnew.dotm.gov.np/login गरि अनलाइन आवेदन मार्फत अफिस भिजिट डेट प्राप्त गर्न सकिने छ ।उक्त अफिस भिजिट डेटमा सम्बन्धित कार्यालयमा उपस्थित भइ बायोमेट्रिक गरि लिखित तथा प्रयोगात्मक परीक्षाको डेट लिन सकिने छ । कार्यालयमा बायोमेट्रिक दिन आउदा अनलाइन आवेदन फारमको प्रिन्ट प्रति सँगै सक्कल नागरिकता पनि अनिवार्यरुपमा ल्याउनु पर्नेछ ।कार्यालयले परीक्षा दस्तुर वापतको राजश्व आइतबार देखि विहीबार विहान १० बजे देखि अपरान्ह ४ बजे र शुक्रबार विहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र संकलन गर्ने छ ।